ad ad

समाज


कोरोनाको उत्पत्तिस्थल चीनमा कोरोना संक्रमण दर पहिलोपटक शून्यमा झर्‍यो

कोरोनाको उत्पत्तिस्थल चीनमा कोरोना संक्रमण दर पहिलोपटक शून्यमा झर्‍यो

नेपालखबर
जेठ १०, २०७७ शनिबार ११:७,

चीनमा पछिल्लो समय कोरोनाको प्रभाव नियन्त्रणमा आइसकेको छ। गत वर्षको डिसेम्बर महिनाको अन्तिमबाट चीनमा कोरोना भाइरस फैलिएको थियो।

त्यसयता चीनमा दैनिक कोरोना संक्रमित थपिरहेका थिए। तर पहिलो पटक शुक्रवार २४ घण्टामा चीनमा कोरोनाबाट कोही संक्रमित नबनेको चिनियाँ संचारमाध्यमले जनाएका छन्।

त्यहाँको न्याश्नल हेल्थ कमिशनले गएको २४ घण्टामा कोभिड–१९ का कारण कसैको मृत्यु पनि नभएको जानकारी दिएको छ।

चीनको हुपेइ प्रान्तस्थित वुहानमा पहिलो सङ्क्रमण पुष्टि भएयता संसारभर ५० लाख मानिसहरू कोरोनाबाट सङ्क्रमित भएका छन् भने ३ लाख ४० हजार जनाको मृत्यु भएको छ।

चीनमा मात्रै ८४,००० भन्दा बढी सङ्क्रमित भएक र ४,६०० जनाको मृत्यु भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .