ad ad

समाज


बाढी पूर्वानुमान शाखाले भन्याे: आज राति यी क्षेत्रमा बाढी आउने सम्भावना छ, सतर्क रहौं

बाढी पूर्वानुमान शाखाले भन्याे: आज राति यी क्षेत्रमा बाढी आउने सम्भावना छ, सतर्क रहौं

नेपालखबर
जेठ १२, २०७७ सोमबार १३:३८,

अहिले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा हावाहुरी, चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पोखराभन्दा पूर्व र मध्य क्षेत्रको पहाडी भेगमा हावाहुरी मेघगर्जनसहित वर्षा भइरहेको छ र यो प्रणाली पूर्वतिर सर्ने क्रममा छ।

यस्तै बाढी पूर्वानुमान शाखाले आज राति तनहुँ, गोरखा, धादिङ भई बहने केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने उल्लेख गर्दै तटीय क्षेत्रमा आज राति सतर्कता अपनाउन आग्रह गरेको छ।

हाल तनहुँ, गोरखा, धादिङको केही स्थानमा मध्यम वर्षा र चितवन, नुवाकोट, काठमाडौं उपत्यका, ओखलढुङ्गा, दोलखा, सिन्धुपाल्चोक र आसपास केही स्थानमा हल्का वर्षा भईरहेको छ,’ सोमबार साँझ सूचना जारी गर्दै बाढी पूर्वानुमान शाखाले भनेको छः, ‘तनहुँ गोरखा, धादिङ भई बहने केही साना नदीमा आकस्मिक बहाव हुन सक्छ, तटीय क्षेत्रमा आज रातिसम्म सतर्कता अपनाऔं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .