ad ad

समाज


भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ४५ हजार नाघ्यो

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ४५ हजार नाघ्यो

नेपालखबर
जेठ १३, २०७७ मंगलबार ७:२०,

मङ्गलबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार १६७ जना पुगेको छ।

यस संक्रमणबाट निको भएका बिरामीको संख्या ६० हजार ४९० जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ।

हाल भारतमा ८० हजार ७२२ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन्। यहाँमात्र ५२ हजार ६६७ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन्।

महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा रहेको छ। त्यहाँ १७ हजार ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गुजरातमा १४ हजार ४६० संक्रमति रहेका छन्। दिल्लीमा १४ हजार ७३ जना कोरोना संक्रमित छन्।

भारतमा दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ। कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ।

कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो।

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ।

भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो। दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो। तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो।

भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो।

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो।

भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ। यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .