ad ad

समाज


सप्तरीमा गर्भवती महिलाको होम आइसोलेसनमा मृत्यु, कोरोना परीक्षण गर्ने तयारी

सप्तरीमा गर्भवती महिलाको होम आइसोलेसनमा मृत्यु, कोरोना परीक्षण गर्ने तयारी

शैलेन्द्र महतो
जेठ १३, २०७७ मंगलबार ७:२०,

सप्तरीमा होम आइसोलेसनमा रहेकी एक गर्भवती महिलाको मृत्यु भएको छ।

सप्तरीको कञ्चनरुप नगरपालिका ११ की २५ वर्षीया ती गर्भवती महिलाको मंगलबार बिहान मृत्यु भएको हो।

१० दिनअगाडि नै ती महिलालाई अचानक १००.२ डिग्री ज्वरो आएको र श्वासप्रश्वासमा समस्या आएको थियो। यही ८ गते राजविराज स्थित डा. विनिता यादवको क्लिनिकमा उपचारका लागि ल्याइएपछि चिकित्सकले औषधि दिँदै होम आइसोलेसनमा रहन सल्लाह दिएका थिए।

आइसोलेसनमा रहेकी ती महिलालाई गएराति धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

कोरोना संक्रमणसँग मिल्ने लक्षण देखिएको र होम आइसोलेसनमा रहँदा उनको मृत्यु भएपछि उनको स्वाब परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य प्रमुख यादवले बताए। मृतक महिला दुई सन्तानकी आमा हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .