उक्त दुर्घटनामा मात्र दुई जना बाँचेका थिए। त्यस दुर्घटनामा पाकिस्तानी मोडल जारा अबिदको पनि मृत्यु भएको थियो।
तर मृत्यु भएको केही समययता उनको पाकिस्तानी अनलाईन तथा सामाजिक संजालमा ट्रोलहरु बनेका छन्।
मानिसहरुले जारा अबिदले लगाउने पोशाक र उनको जीवनशैलीमाथि प्रश्न गरिरहेका छन्।
मानिसहरुले जारा अबिदको जीवनशैली अनैतिक किसिमको भएको भनेर आलोचना गरिरहेका छन्।
अधिकारकर्मीका अनुसार पाकिस्तानमा अझैपनि रुढीवादी सोच बाँकी नै छ। यस समाजमा महिलाहरु भद्र, शान्त हुनुपर्ने मान्यता छ।
मोडल जारा भने पुरातनवादी सोचलाई परिवर्तन गर्नुपर्छ भन्ने खालकी थिइन्। उनी फेसनमा रुची राख्थिन्। गत जनवरीमा मात्र उनले पाकिस्तानमा ‘बेस्ट फिमेल मोडल’ को अवार्ड जितेकी थिइन्।
उनले पाकिस्तानको ठूला ब्राण्डसँग काम गरिसकेकी थिइन्। यतिबेला जाराको मृत्यु भएपछि मानिसहरु उनको पहिरन र जीवनशैलीको खिस्सी गरिरहेका छन्।
यस कार्यलाई अधिकारकर्मीले लाजमर्दो विषयको रुपमा व्याख्या गरेका छन्। हाल उनको सामाजिक सन्जालका सबै अकाउन्टहरु बन्द गरिएका छन्। एजेन्सी
प्रतिक्रिया