ad ad

समाज


नेपालमा अहिलेसम्मकै बढी संक्रमित देखिए, आजमात्रै १७० जनामा कोरोना पुष्टि

नेपालमा अहिलेसम्मकै बढी संक्रमित देखिए, आजमात्रै १७० जनामा कोरोना पुष्टि

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार १०:४५,

नेपालमा हालसम्मकै बढी कोरोना संक्रमित देखिएका छन्।

पछिल्लो २६ घण्टामा नेपालमा १७० थप जनामा कोरोना पुष्टि भएको हो। योसंख्या अहिलेसम्मकै बढी हो। यसअघि मंगलबार ९० जना, बुधबार ११४ जना र बिहीबार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ भने २०६ जना कोरोनालाई जितेर घर फर्केकाका छन्।

प्रवक्ता देवकोटाका अनुसार कोसी अस्पतालम गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजिटिभ आएको छ। यस्तै धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ। संक्रमित महिला रहेको र सर्लाही घर भइ अहिले पाटन अस्पतालमै रहेको उनले बताए।

यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजिटिभ देखिएको छ। यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा पोजिटिभ देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजिटिभ देखिएको छ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ गरी अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको छ। यस्तै आरडीटी परीक्षण १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा आरडीटी विधिबाट ३ हजार ४ सय ४४ जनाको नमूना परीक्षण गरिएको छ।

क्वारेन्टिनमा रहनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ। शुक्रबारसम्म एक लाख नजिक क्वारेन्टिनमा बस्नेहरुको संख्या छ। देशभरीका विभिन्न क्वारेन्टिनमा ९९ हजार ३ सय ३६ जना क्वारेन्टिनमा रहेका छन्। अहिले विभिन्न अस्पतालमा १ हजार जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .