ad ad

समाज


भारतसँग जोडिएका बर्दियाका सबै सीमा बन्द

भारतसँग जोडिएका बर्दियाका सबै सीमा बन्द

नेपालखबर
जेठ १८, २०७७ आइतबार १०:७,

बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ।

नगरपालिकाको आइतबार बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो। कोरोना भाइरसका कारण बन्दाबन्दी अवस्थामा पनि भारतबाट लुकिछिपी आउने क्रम नरोकिएपछि यस्तो निर्णय गर्नुपरेको नगर प्रमुख गणेशबहादुर क्षेत्रीले बताए।

उनका अनुसार नगरभित्र कोही कोरोना स.क्रमित भेटिएका अवस्थामा बर्दियामा रहेको जिल्ला समन्वय समितिको भवनमा बनाइएको आइसोलेसनमा राखेर उपचार गरिने छ। शय्या सङ्ख्या अपुग भएमा कोरोना संक्रमितलाई उपचार गर्नका लागि मधुवनमै आइसोलेसन वार्ड निर्माण गरिने जानकारी उनले दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .