ad ad

समाज


निसर्गको प्रभाव अझै हटेन, काठमाडौंसहित यी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

निसर्गको प्रभाव अझै हटेन, काठमाडौंसहित यी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

नेपालखबर
जेठ २५, २०७७ आइतबार १:५६,

अरब सागरमा विकसित निसर्ग चक्रवात कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव अझै नेपालबाट हटेको छैन।

मौसमविद्का अनुसार त्यसको प्रभाव आज (आइतबार) सम्म रहने देखिएको हो। यसैको प्रभावका कारण आज पनि देशभर बदली भएको छ आज पनि अपराह्नपछि काठमाडौं उपत्यकासहित केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् विभूति पोखरेलका अनुसार अहिले (आइतबार बिहान) देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली छ भने अपराह्नपछि काठमाडौं उपत्यकासहित देशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।

आज प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानमा तथा कर्णाली, सुदूरपश्चिम र प्रदेश २ का एक–दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

मध्यदेखि पूर्वसम्म निसर्गको प्रभाव हो भने पश्चिममा पश्चिमी वायु तथा स्थानीय वायुको समेत देशमा प्रभाव परेको छ।

‘निसर्गकाे प्रभाव आजबाटै घटिसकेको छ,’ मौसमविद् पोखरेलले आइतबार बिहान नेपालखबरसँग भनिन्, ‘भोलि (सोमबार) बाट भने यसको प्रभाव पूरै हट्ने सम्भावना छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .