ad ad

समाज


दशगजामा सशस्त्र र स्थानीयबीच झडप : ४ राउण्ड हवाइ फायर, ६ प्रहरी घाइते

दशगजामा सशस्त्र र स्थानीयबीच झडप : ४ राउण्ड हवाइ फायर, ६ प्रहरी घाइते

नेपालखबर
जेठ २५, २०७७ आइतबार १७:१६,

नवलपरासीस्थित सीमानाकामा स्थानीय र सशस्त्र प्रहरीबीच आइतबार अपराह्न झडप भएको छ।

प्रतापपुर ५ स्थित सीमानामा भारतबाट मल लिएर फर्किएकी महिलालाई रोकेपछि स्थानीयले प्रहरीमाथि आक्रमण गरेको नवलपरासीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए।

३० किलो मल लिएर आएकी महिलालाई रोकेपछि गाउँलेले गुलेली र ढुंगामुढा गरेका थिए। स्थानीयको ढुंगामुढाबाट ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर छ।

उनीहरुलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ। ४ जनाको नवलपरासीमा उपचार भइरहेको छ।

त्यसक्रममा सशस्त्रले ४ राउण्ड हवाइ फायर समेत गरेको थियो। नेपाल प्रहरीको टोली गएर स्थानीयलाई फर्काएको थियो।

सशस्त्र प्रहरीले मल लिएर आएकी महिलालाई लाठीले हानेको स्थानीयले बताएका छन्। तस्करले जति पनि मल ल्याउन दिने स्थानीयलाई नदिने भन्दै स्थानीय आक्रोशित भएको बताइएको छ।

अहिले स्थिति सामान्य भएको एसपी केसीले बताए। सोमबार स्थानीय र प्रशासनबीच छलफल गर्ने तयारी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .