ad ad

समाज


काठमाडौं उपत्यकामा रातभर वर्षा, प्रिमनसुनयताकै ठूलो

काठमाडौं उपत्यकामा रातभर वर्षा, प्रिमनसुनयताकै ठूलो

नेपालखबर
जेठ २६, २०७७ सोमबार १:३०,

काठडमाडौं उपत्यका अवस्थित बागमती र गण्डकी प्रदेशमा रातभर वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकामा ६१.२ मिलिमिटर वर्षा भएको छ। ५० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई भारी वर्षा भनिन्छ। यसपटक काठमाडौं उपत्यकामा प्रिमनसुन लागेयताकै ठूलाे वर्षा भएकाे उनले जानकारी दिइन्। 

माैसमविद् बासीका अनुसार यसअघि काठमाडौं उपत्यकामा  जुन ६ तारिखमा यसअघिकाे सबैभन्दा ठूलाे ३०.५ मिलिमिटर वर्षा भएकाे थियाे। 

यसैगरी गण्डकी प्रदेशको स्याङ्जालगायत आसपासका क्षेत्रमा काठमाडौंमा भन्दा पनि बढी वर्षा भएको उनले बताइन्। तर त्यसको एकिन रेकर्ड भने आउन बाँकी रहेको उनले जानकारी दिइन्।

‘काठमाडौं उपत्यकामा राति १ बजे वर्षा सुरु भएको थियो, अघि बिहान साढे ५ बजेतिर मात्र रोकिएको हो,’ मौसमविद् बासीले सोमबार बिहान नेपालखबरसँग भनिन्, ‘दिउँसोपछि पुनः बदली भई वर्षा हुने सम्भावना छ।’

उनका अनुसार दिउँसोपछि बागमती, गण्डकी, कर्णाली र प्रदेश १ का थोरै स्थानमा वर्षा हुने सम्भावना छ। यसैगरी प्रदेश ५, २ र सुदूरपश्चिमका एक–दुई स्थानमा वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिइन्।

‘समग्रमा आज तराईमा भन्दा बढी पहाडी क्षेत्रमा वर्षा हुने देखिएको छ,’ उनले भनिन्।

पश्चिमी वायु र स्थानीय वायुको दुवैको प्रभावले मौसम बदली र वर्षा गराएको मौसमविद् बासीले जानकारी दिइन्। निसर्ग चक्रवातबाट भारतमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव भने अहिले नेपालबाट पूरै हटिसकेको पनि उनले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .