ad ad

समाज


कोरोना भाइरसः दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरु खुले

कोरोना भाइरसः दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरु खुले

नेपालखबर
जेठ २६, २०७७ सोमबार १०:३१,

भारत सरकारले आजदेखि यहाँका मन्दिरहरु खुल्ने भनी जानकारी दिएको छ। सोहीअनुसार भारतीय राजधानी नयाँ दिल्लीका साथै दिल्ली राज्यका मन्दिरहरु सोमबारदेखि खुला गरिएको बताइएको छ।

नयाँ दिल्लीबाट प्राप्त समाचारमा त्यहाँको जामा मस्जिदलगायत अरु धेरै धार्मिकस्थलहरुका साथै साइबाबा मन्दिर र गुरुद्धारा पनि खुला गरिएको बताइएको छ।

तर सोमबार बिहानै भने यहाँको जामा मस्जिदमा धेरै भक्तजनहरुको उपस्थिति भने नदेखिएको पनि समाचारमा जनाइएको छ।

नयाँ दिल्लीका यी धेरैजसो मन्दिरहरु आज खुलेको भएपनि त्यहाँ कमै मात्रामा दर्शनार्थीहरु जम्मा भएका थिए। तर त्यहाँ पुगेकाहरुले भने आफूहरुले लामो समयपछि मन्दिर पुगेर पाठपूजा गर्न पाउँदा निकै खुसी भएको बताएका थिए।

ती मन्दिर तथा तीर्थस्थलहरुमा पुगेका नागरिकहरुलाई स्यानिटाइजर तथा दिनुका साथै आवश्यक स्वास्थ्य मापदण्डहरु अपनाउन भनिएको थियो। उनीहरुलाई आवश्यक स्वास्थ्य मापदण्डहरु पूरा गरेर मात्र मन्दिरभित्र प्रवेश गराइएको थियो। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .