ad ad

समाज


रुकुम घटनाबारे इन्सेकले बुझायो प्रतिवेदन, यस्ता छन् निष्कर्ष

रुकुम घटनाबारे इन्सेकले बुझायो प्रतिवेदन, यस्ता छन् निष्कर्ष

नेपालखबर
जेठ २६, २०७७ सोमबार १५:२४,

इन्सेकले चौरजहारी घटनाका आरोपितलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

इन्सेकले चौरजहारी घटनाबारेको प्रतिवेदन संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेललाई बुझाउँदै त्यसको निष्पक्ष छानबिन गर्न माग गरेको छ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठ नेतृत्वको टोली सोमबार संसद भवन नयाँ बानेश्वर पुगेर सभापति पोखरेललाई सो प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन बुझ्दै सभापति पोखरेलले यस्तो जघन्य घटनामा दोषीलाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउन आफू र मानव अधिकार समितिले कुनै कसर बाँकी नराख्ने बताए।

उनले भने, ‘त्रुटिपूर्ण सामाजिक मान्यताको अन्त्य नभएसम्म यस्ता घटना भइरहने हुँदा त्यस्ता मान्यताको जरोमुलो उखेल्नु पर्छ।’

सो टोलीले सोमबार नै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्याललाई पनि प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझाउँदै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले थातथलोमा नै पुगेर तयार पारिएको प्रतिवेदनले आयोगको कामलाई सहयोग पुग्ने अपेक्षा रहेको बताए।

आयोगका सदस्य पौड्यालले मानव अधिकार उल्लङ्घनका जुनकुनै घटनामा पनि इन्सेकको अध्ययनलाई सन्दर्भ सामग्रीका रूपमा लिने गरेको बताउँदै यो प्रतिवेदनले पनि आयोगको काममा सहयोग पुग्ने उल्लेख गरे।

यस्ता छन्, प्रतिवेदनमा उल्लेख गरिएका तथ्यहरू
१) कथित माथिल्लो जातिकी किशोरी र कथित दलित किशोरबीचको प्रेमसम्बन्ध अन्ततः हत्या जस्तो गम्भीर अपराधका रूपमा परिणत भएको छ।

२) स्थानीयहरूले घरेलु हातहतियारसहित (हँसिया, कुटो र दाउरा) लखटेको र भेरी नदीको किनारमा पु¥याई ती हतियार प्रयोग गरी आक्रमण गरेका थिए।

३) स्थानीयको कुटपिटबाट मृत्यु भएका युवाहरूको शव विभिन्न मितिमा भेरी नदीमा मृत अवस्थामा फेला प¥यो।

४)भेरी नदीमा फेला परेका शवको प्रकृति हेर्दा पेट नफुलेको, पानी नखाएको, शरीर नसुन्निएको अवस्थामा थिए।

५) घटनामा दोहोरो भिडन्त वा प्रतिकार भएको थिएन । घटनामा संलग्न कुनै पनि स्थानीयलाई चोटपटक लागेको वा घाइते भएको पाइएन।

६) घटना शुरु भएको आधा घण्टापछि घटनास्थल पुगेको प्रहरीले १२ जनालाई उद्धार गरेको थियो। उद्धार गरेका सबै जनाको चौरजहारी मिसन अस्पतालमा उपचार गराई अभिभावको जिम्मा लगाएको पाइयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .