ad ad

समाज


ब्राजिललाई डब्लूएचओको आग्रहः कोरोना संक्रमितको तथ्यांक सार्वजनिक गर, नत्र अप्ठेराे पर्छ

ब्राजिललाई डब्लूएचओको आग्रहः कोरोना संक्रमितको तथ्यांक सार्वजनिक गर, नत्र अप्ठेराे पर्छ

नेपालखबर
जेठ २६, २०७७ सोमबार २३:३६,

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ने ब्राजिललाई कोरोना भाइरसबाट हुने संक्रण तथा मृत्युको तथ्यांक  सार्वजनिक गर्न अपिल गरेको छ।

कोरोनाबाट विश्वमै दोस्रो पीडित ब्राजिलले कोरोनाबाट हुने संक्रमित र मृत्युको तथ्यांक सरकारी वेबसाइटबाट हटाउँदै दिन बन्द गरेपछि डब्लूएचओले त्यसो नगर्न आह्वान गरेको हो।

विश्व स्वास्थ्य संगठनको स्वास्थ्य आपतकालिन प्रमुख डा. मिचेल जे. रयानले पत्रकारसँग भने, ‘नागरिकलाई सुरक्षा दिन तथ्यांक पारदर्शी पारदर्शी र सार्वजनिक गर्न महत्वपूर्ण छ।’

तथ्यांकले कोरोना संक्रमण कहाँ, कसरी फैलिएको र त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर योजना बनाउन सहयोग गर्ने उनको भनाइ छ।

अमेरिकापछि ब्राजिलमा विश्वमै सबैभन्दा बढी कोरोनाका कारण ६ लाख ९१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। कोरोना नियन्त्रण गर्न नसकेको भन्दै ब्राजिल सरकारले यसको तथ्यांकै राख्न छाडेको हो।बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .