ad ad

राजनीति


प्रधानमन्त्री भन्छन् : सीमाबारे संविधान संशोधनको जस सबैलाई

प्रधानमन्त्री भन्छन् : सीमाबारे संविधान संशोधनको जस सबैलाई

नेपालखबर
जेठ २८, २०७७ बुधबार ५:५३,

संविधान संशोधनमा सबै दल र सांसदहरु एकजुट भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले खुशी व्यक्त गरेका छन्।

‘कसले जस लिने, कसको देवत्वकरण गर्ने हुँदै होइन। यसमा हामीले लामो समयदेखि उठाएका छौं, यसमा हामीले कसैले जस पाउला भनेर चिन्ता गर्नुपर्दैन कोही छुट्ला भनेर पनि चिन्ता गर्नुपर्दैन। सबैले सर्बसम्मत गरेपछि सबैको भावना अट्छ,’ प्रधानमन्त्री ओलीले संसदमा बुधबार संवोधन गर्दै भनेका छन्।

संसदभन्दा बाहिर पनि राष्ट्रिय एकता प्रदर्शन भएकोमा उनले त्यसको प्रशंसा गरे।

‘यो आजको राष्ट्रिय आवश्यकता हो। राष्ट्रिय संकटको बेलामा एक हुने नेपाली चरित्रलाई यसले प्रकट गरेको छ,’ ओलीले संसदमा भनेका छन्

प्रधानमन्त्रीले जनभावना अनुकूल राष्ट्रलाई अगाडि बढाउने कुरामा व्यवधान नभएको र भूमिमाथिको न्यायोचित हकको अधिकारमा सबै राष्ट्र एक भएको बताए।

‘हिजो संविधान संशोधन प्रस्ताव पारित हुने कुराले पुष्टि गरेको छ,’ उनले भने, ‘हाम्रो पुस्ताले यो देश लडेर बचाएका हुन्, हामी अडेमात्र यसलाई जोगाउन सकिन्छ र हाम्रो संसद यसपटक एकजुट भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .