कालिकोटमा भारततबाट फर्किएका यात्रु लिएर क्वरेन्टिनतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खस्दा २ जनाको मृत्यु हुनका साथै ६ जना बेपत्ता भएका छन्।
बुधबार बिहान कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा खसेको हो।
सो दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै ६ जना बेपत्ता रहेका रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।
‘अहिलेसम्म २ जनाको शव निकालिएको छ, ६ जना अझै बेपत्ता हुनुहुन्छ’, नेपालखबरसँग कुरा गर्दै प्रहरी निरीक्षक जोशीले भने।
मृत्यु हुनेहरुमा रास्कोट नगरपालिका २ का शर्मिला सार्की र थम्की सार्की रहेको प्रहरीले जनाएको छ।
कर्णालीका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार उक्त टिपरमा ३९ यात्रु रहेका थिए।
अहिले घटनास्थलमा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।
याे पनि : भारतबाट आएकालाई क्वारेन्टिनमा लिएर हिँडेको टिपर कर्णालीमा खस्यो
प्रतिक्रिया