ad ad

कारोबार


बजेट कोरोनासँग मात्र सम्बन्धित छैन, अरु जनजीवन पनि समेटेर ल्याइएको होः प्रधानमन्त्री

बजेट कोरोनासँग मात्र सम्बन्धित छैन, अरु जनजीवन पनि समेटेर ल्याइएको होः प्रधानमन्त्री

नेपालखबर
जेठ २८, २०७७ बुधबार ६:४४,

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट कोरोना नियन्त्रणको लागि मात्र नभएको बताएका छन्।

संसदमा आज बजेट छलफलका क्रममा उठेका सवालको जवाफ दिने क्रममा उनले कोरोना नियन्त्रणसँगै अरु जनजीवनसँग जोडिएको काम पनि गर्नुपर्ने भएको सबैलाई समेटेर बजेट ल्याएको बताएका हुन्।

संसदमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘त्यसरकारणले गर्दा बजेटले अन्य कुराहरु समेटेको हो।’

उनले विश्व बैंकले साउन अन्तिमसम्म अर्थतन्त्र ज्यादै कमजोर हुने र त्यसपछि माथि आउने कुरो गरे पनि त्यो नहुन पनि सक्ने बताए।

‘यी सबै कुराहरुलाई ध्यानमा राखेर काम गरेका हौँ, हामीले देशमा सम्भावित क्षेत्रहरुलाई केन्द्रीकृत गरेर बजोट ल्याएका छौँ’, उनले भने।

लघु उद्यम, तालिमसहितको स्वरोजगारीको व्यवस्था समेत बजेटले गरेको उनले जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .