ad ad

समाज


भारतमा आइएसका शीर्ष आठ कमाण्डरसहित २२ आतंककारी मारिए

भारतमा आइएसका शीर्ष आठ कमाण्डरसहित २२ आतंककारी मारिए

नेपालखबर
जेठ २८, २०७७ बुधबार ११:९,

भारतीय सुरक्षाकर्मीहरुले चलाएको सुरक्षा कारबाहीका क्रममा पछिल्लो १५ दिनमा उनीहरु मारिएको सुरक्षा श्रोतले जनाएको छ।

मुस्लिम धर्मावलम्बीहरुको बाहुल्यता रहेको त्यस क्षेत्रमा मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदका अवसरमा केही दिन अगाडी सुरक्षा कारबाही रोकिए पनि त्यसपछि फेरी सुरु भएको हो।

इस्लामिक स्टेट्स आइएसका जम्मु काश्मिर कमाण्डर अडिल अहम्मद वामी र लश्कर ए तैवाका शाहिन अहमद थोकरलाई यही मे २५ तारिखका दिन मारिएको सुरक्षा अधिकारीहरुले जनाएका छन्।

त्यसैगरी अन्य कमाण्डर र लडाकूहरु पनि फरक फरक मितिमा मारिएको सुरक्षा श्रोतले जनाएको समाचारमा उल्लेख गरिएको छ।

जम्मु काश्मिरका प्रहरी महानिरिक्षक डिल्बाग सिंहले यस बर्ष अहिलेसम्ममा ८८ जना लडाकू मारिएको यसअघि नै जानकारी दिएका थिए। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .