ad ad

समाज


अनलाइन कक्षा सञ्चालनका लागि विद्यालयसँग छलफल

अनलाइन कक्षा सञ्चालनका लागि विद्यालयसँग छलफल

नेपालखबर
जेठ २८, २०७७ बुधबार ११:३८,

टोखा नगरपालिकाले बन्दाबन्दीको समयमा नगरपालिकाभित्रको शिक्षालाई अगाडि बढाउन संस्थागत तथा सामुदायिक विद्यालयसँग छलफल शुरु गरेको छ।

झण्डै तीन महिनादेखि देशमा बन्दाबन्दी हुँदा शिक्षाको अभावमा रहेका हजारौँ बालबालिकाको पढाइलाई ध्यानमा राखेर काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गर्नेबारे छलफल शुरु गरेको हो।

टोखा नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव बाबुराम गौतमले कोरोना भाइरसको विश्वव्यापी महामारीको समयमा शैक्षिक संस्था सञ्चालन गर्नेबारे जनप्रतिनिधि र विद्यालयका प्राचार्य तथा शिक्षकसँग छलफल शुरु गरिएको जानकारी दिए।

टोखाले विद्युतीय उपकरणको पहुँचमा नरहेका बालबालिका, रेडियोको पहुँच भएका बालबालिका, टेलिभिजनको पहुँच भएका बालबालिका, कम्प्युटरको पहुँच भएका बालबालिका र मोबाइलको पहुँच भएका बालबालिकालाई लक्षित गरेर छुट्टाछुट्टै कक्षा सञ्चालन गर्न लागेको छ।

‘कुन विद्युतीय उपकरणको पहुँच भएका बालबालिका कति छन् त्यसका आधारमा रुटिङ बनाएर कक्षा सञ्चालन गर्न लागेका छौँ’, उनले भने। कक्षा सञ्चालन गर्दा अनलाइनको पहुँच भएका बालबालिकालाई सजिलो हुने नगरपालिकाले जनाएको छ। टोखामा आठ सामुदायिक विद्यालय, ८४ संस्थागत विद्यालय र ३५ मन्टेश्वरी रहेका छन् ।

टोखा नगरपालिकाले कोरोनाको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर क्वारेन्टिन व्यवस्थापनलाई समेत अगाडि बढाइरहेको छ। सरकारले विभिन्न मुलुकबाट नेपाल आउने व्यक्तिलाई हवाईजहाज चार्टर्ड गरेर ल्याउन शुरु गरेसँगै टोखाले क्वारेन्टिन व्यवस्थापनलाई प्राथमिकता दिएको हो।

भारत र विभिन्न मुलुकबाट नेपाल आउने व्यक्ति बढेकाले टोखाले क्वारेन्टिनको क्षमता विस्तार गर्न लागेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए। टोखाले पछिल्लो समय पिसिआर परीक्षणलाई समेत तीव्रता दिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .