ad ad

समाज


नारायणी सामुदायिक अस्पतालसँग प्रशासनले माग्यो जवाफ

नारायणी सामुदायिक अस्पतालसँग प्रशासनले माग्यो जवाफ

नेपालखबर
जेठ २९, २०७७ बिहिबार १०:१८,

भरतपुर अस्पतालमा सारिएका कोरोना संक्रमित बिरामीको मृत्युपछि जिल्ला प्रशासन कार्यालय चितवनले बिरामी सारी पठाएको नारायणी सामुदायिक अस्पताललाई पत्राचार गरी के–कति कारणले पठाएको हो जवाफ माग गरेको छ।

प्रशासनले पठाएको पत्रमा कोभिड–१९ संक्रमित सघन उपचारकक्षमा उपचाररत बिरामीले के–कति कारण र कसको निर्णयले त्यहाँको अस्पतालबाट भरतपुर अस्पतालमा सारिएको हो जवाफ दिन भनिएको छ। पत्रमा त्यहाँका अस्पतालमा उपचारार्थ आउने बिरामी तथा सेवा प्रवाहमा खट्ने चिकित्सक र स्वास्थ्यर्कीको सुरक्षाका लागि के–कस्तो पूर्व सावधानीका उपाय अवलम्बन गराउने गरिएको छ, जवाफ मागिएको छ।

यस्तै कोरोना संक्रमित बिरामी उपचाररत स्थानबाट अर्को भरतपुर अस्पतालमा स्थानान्तरण गर्दा स्थानीय प्रशासनसँग समन्वय र भरतपुर अस्पतालसँग समन्वय सहमति भए गरेको हो, होइन? भएको भए कुन तह र पदाधिकारीको समन्वय र सहमति भएको हो? भनी प्रश्न गरिएको छ।

प्रशासनले यथाशीघ्र अस्पतालको आधिकारिक यथार्थ धारणा के हो विस्तृतरूपमा पछिसम्म फरक नपर्ने गरी खुलाइ पठाइदिन अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिए।

कोरोना पुष्टि भएपछि सो अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका—११ का ६८ वर्षीय संक्रमितलाई सोमबार साँझ भरतपुर अस्पताल पठाइएकामा मंगलबार बिहान मृत्यु भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .