ad ad

राजनीति


रुकुम हत्या प्रकरण : संसदीय विशेष समितिले छलफल सुरु गर्‍यो, संविधान संशोधनलगत्तै रुकुम जाने

रुकुम हत्या प्रकरण : संसदीय विशेष समितिले छलफल सुरु गर्‍यो, संविधान संशोधनलगत्तै रुकुम जाने

नेपालखबर
जेठ २९, २०७७ बिहिबार १०:१७,

रुकुम पश्चिम घटनाको अनुसन्धानका लागि गठन भएको संसदीय विशेष समितिले प्रारम्भिक छलफल सुरु गरेको छ।

विशेष समितिले बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई औपचारीक रुपमा भेटगरी छलफल सुरु गरेको हो।

समितिका संयोजक देवेन्द्र पौडेलले अनौपचारिक रुपमा यसअघि नै कुरा भएको र आजदेखि औपचारिक छलफल सुरु भएको बताए। उनले संविधान संशोधनका लागि मतदान गरेलगत्तै घटनाको अध्ययन अनुसन्धानका लागि रुकुमको चौरजहारी जाने बताए।

‘हामीले प्रारम्भिक छलफल सुरु गरेका छौं। कार्यविधि बनाउनेदेखि लिएर सबै निकै गम्भीरतापूर्वक सम्मानित सदनले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छौं’, उनले भने, ‘यो नेपालको खासगरी अनुसूची फेरेर संविधान संशोधन गर्ने र नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपाल भित्र ल्याउने ऐतिहासिक दिन भएको हुँदाखेरी त्यो दिनमा भोट हालेर हामी लगत्तै त्यसपछि सम्मानित सदनले दिएको जिम्मेवारी कार्यदल (संसदीय समिति)को जिम्मोवारी पुरा गर्नको निम्ति हामी जाने छौं।’

प्रतिनिधि सभाले रुकुमपश्चिममा ६ जना युवाको ज्यान जानेगरी भएको घटनाको छानविनका लागि जेठ २६ गते सोमबार संसदीय विशेष समिति गठन गरेको थियो। समितिको संयोजकमा नेकपाका सांसद देवेन्द्र पौडेल छन् भने सदस्यहरुमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती कुमारी विशुन्के, प्रकाश रसाईली (स्नेही), बिमला बिक., महेश्वरजंग गहतराज (अथक), मिनबहादुर विश्वकर्मा, र रामसहायप्रसाद यादव रहेका छन्।

संसदीय विशेष समितिले रुकुमको चौरजहारीमा भएको घटनाको अनुसन्धान कार्य प्रारम्भ भएको मितिले तीस दिनभित्रमा सम्पन्न गर्नुपर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .