ad ad

समाज


कुवेतबाट फर्केकी एक महिलालाई कोरोना पुष्टि, अवस्था गम्भीर भएपछि आईसीयूमा

कुवेतबाट फर्केकी एक महिलालाई कोरोना पुष्टि, अवस्था गम्भीर भएपछि आईसीयूमा

नेपालखबर
जेठ ३२, २०७७ आइतबार १४:४६,

दुई दिनअघि कुवेतबाट नेपाल फर्किएका महिलामध्ये एक जनालाई कोरोना पुष्टि भएको छ।

याे पनि: कुवेतबाट फर्किएकी एक महिला कोरोना आशंकामा अस्पताल भर्ना, अरु सबै राजधानीका क्वारेन्टिनमा

संक्रमण आशंकामा यसअघि नै अस्पताल भर्ना भएकी उनको स्वाब परीक्षण गर्दा शनिबार कोरोना पुष्टि भएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए।

‘अहिले उनलाई आईसीयूमा राखिएको छ,’ आइतबार राति डा. राजभण्डारीले नेपालखबरसँग भने।

उनका अनुसार अहिले टेकु अस्पतालमा ती महिलासहित काेराेनाका ७ बिरामी छन्। 

‘अवस्था अलि गम्भीर भएका ती महिला र अर्का एक पुरुष आईसीयूमा छन्,’ डा. राजभण्डारीले भने, ‘अन्यलाई आइसोलेसनमा राखिएको छ।’ 

यसअघिका संक्रमितमा कोरोनाका लक्षण देखिएका थिएनन् भने अहिलेका सबै बिरामीमा लक्षण देखिएका छन्।

‘हामीले अब लक्षण भएकालाई मात्र अस्पतालमा राख्ने गरेका छौं,’ उनले भने, ‘त्यसमा पनि दुई जनाको अवस्था अझ जटिल देखिएकाले आईसीयूमा राखेका हौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .