ad ad

समाज


सप्तरीमा बालिकालाई रक्सी खुवाई लठ्याएर बलात्कार गर्ने पक्राउ

सप्तरीमा बालिकालाई रक्सी खुवाई लठ्याएर बलात्कार गर्ने पक्राउ

नेपालखबर
असार १, २०७७ सोमबार ४:२५,

सप्तरीमा श्रमिक बालिकालाई रक्सी खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशङ्कर मण्डललाई प्रहरीले घटनाको १ वर्षपछि पक्राउ गरेको हो।

सप्तरी जिल्ला प्रहरी कार्यालयका अनुसार अघिल्लो वर्ष असार १८ गते उनले स्थानीय लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कोठामा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए। उनी त्यही विद्यालयका कार्यालय सहयोगीसमेत हुन्।

त्यसपछि फरार उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

विद्यालयको नयाँ भवन निर्माणको रेखदेख गर्ने नाम, ठेगाना थाहा नभएको अन्दाजी ३५-४० वर्षीय मुन्सीले बलात्कार गरेको भन्दै पीडितकी आमाले अघिल्लो असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

विद्यालय प्रांगणमा निर्माण भइरहेको भवनमा मजदुरी गर्ने बालिकालाई मण्डलले पारिश्रमिक दिने बहानामा अबेर रातिसम्म अल्मलाएर राखेको र रात परेपछि नास्ताका नाममा सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाई खुवाएर लठ्याई बलात्कार गरेको पीडितको आरोप छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .