भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर १० वर्षीया बालिकाको मृत्यु भएको छ।
भोजपुरकै टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी १० वर्षीया छोरी कृतिकाको मामा घरमा आएको बेला चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ।
आइतबार साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए।
बालिकाको शव अभिभावक आएपछि कानूनी प्रक्रिया पूरा गरी परीक्षणका लागि पठाइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया