पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति खसेको पहिरोमा पुरिएकामध्ये अहिलेसम्म ९ जनाको शव भेटिएका छन्। अझै एक जना बेपत्ता छन्।
पर्वत जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीया मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमिनी–९ घर भइ माइती आएकी ३० वर्षीया दीपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीया कमला विक, प्रमिश विक र ७ वर्षीया प्रमिशा विकको शव भेटिएका हुन्।
तर १३ वर्षीय जेनिश विक भने अझै फेला परेका छैनन्। गत शनिबार साँझ भएको भीषण वर्षापछि करिब ३ सय मिटरमाथि वन क्षेत्रबाट बस्तीमा पहिरो खसको थियो।
पहिरोमा परी मृत्यु भएकामध्ये कमला, प्रमिशा र बेपत्ता रहेका जेनिश विक एउटै परिवारका हुन् भने शव फेला परेका अन्य ६ जना पनि एउटै परिवारका हुन्।
प्रतिक्रिया