ad ad

समाज


सुदूरपश्चिममा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि

गोकुल जोशी
असार १, २०७७ सोमबार ११:५१,

सुदूरपश्चिममा सोमबार एकै दिन थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

सोमबार सबैभन्दा बढी बैतडीको शिवनाथ गाउँपालिकामा २१ जनामा संक्रमण पुष्टि भएको छ। डोटीको शिखर नगरपालिकाका १७, आर्दश गाउँपालिकामा २ र पुर्वीचौकी गाउँपालिकाका एक जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका ११ जना, कैलालीको टीकापुर नगरपालिकामा ८, धनगढी उपमहानगरपालिकामा ४ र बर्दगोरीया गाउँपालिकामा एक जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ।

यस्तै अछामको मेल्लेख गाउँपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा ४ वर्षीय देखि ६२ वर्ष उमेर समुहका छन्। उनीहरुमध्ये ३ महिला हुन् भने ६५ पुरुष हुन्। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३२९ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .