संघीय र अन्य प्रदेशहरुले आउँदो आर्थिक वर्षको लागि बजेटको आकार घटाएको बेला गण्डकी प्रदेशले भने चालु आर्थिक वर्षभन्दा झण्डै २ अर्ब ७१ करोड बढीको बजेट ल्याएको छ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आउँदो आर्थिक वर्ष २०७७/०७८ को लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट पेश गरेका हुन्।
चालु आर्थिक वर्षमा गण्डकीले ३२ अर्ब १३ करोडको बजेट ल्याएका थिए। उनले चालु आर्थिक वर्षमा पैसा खर्च नभएकाले बजेटको आकार बढेको बताएका छन्।
मन्त्री गुरुङले पेश गरेको बजेटमा चालु खर्च ४१.२ प्रतिशत र पूँजिगत बजेट ५७.४ प्रतिशत रहेको छ। उनले यो आर्थिक वर्षमा ७ अर्ब ५७ करोड बचेको जनाएका छन्।
प्रतिक्रिया