ad ad

समाज


डब्लूएचओ भन्छः कोरोना संक्रमण झन् बढ्दैछ, दिनमै लाख संक्रमित थपिन थाले

डब्लूएचओ भन्छः कोरोना संक्रमण झन् बढ्दैछ, दिनमै लाख संक्रमित थपिन थाले

नेपालखबर
असार २, २०७७ मंगलबार २:३,

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पछिल्ला दुई सातायता विश्वमा हरेक दिन १ लाखका दरले कोरोना संक्रमित थपिइरहेको बताएको छ।

जेनेभामा आयोजित नियमित प्रेस ब्रिफिङमा डब्ल्यूएचओका महानिर्देशक डा. अधानोम टेड्रोसले २ सातायता कोरोना संक्रमण झनझन् बढ्दै गएको बताएका हुन्।

‘हरेक दिन १ लाख नयाँ केस थपिएको रिपोर्टिङ हामीलाई प्राप्त भइरहेको छ, जसमा ७५ प्रतिशत हिस्सा १० देशको मात्रै छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसमा पनि विशेषगरी अमेरिका र दक्षिण एसियाका छन्।’

सुनौं यो भिडियोमा डब्लूएचओको भनाइ (अंग्रेजीमा)  

कोरोना नियन्त्रण भइसकेको चीनमा ५० दिनपछि बेइजिङमा गत हप्ता नयाँ क्लस्टर देखिएको बताउँदै उनले त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए। उनले भने, ‘यसको अर्थ कोरोना नियन्त्रण गर्न सक्ने क्षमता भएका देशमा पनि पुनःसंक्रमण हुने जोखिम उत्तिकै छ।’

डब्ल्यूएचओको पछिल्लो तथ्यांकअनुसार विश्वभर ७८ लाख भन्दा बढी मानिसलाई कोरोना संक्रमण पुष्टि भएको छ भने यसबाट ४ लाख ३० हजार जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .