ad ad

समाज


रुकुम हत्याकाण्डः पीडित परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने सरकारको तयारी

रुकुम हत्याकाण्डः पीडित परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने सरकारको तयारी

नेपालखबर
असार २, २०७७ मंगलबार २:३५,

अन्तरजातीय प्रेम रोक्न पश्चिम रुकुमको चौरजहारी-८, सोतीमा हत्या गरिएका जाजरकोटका नवराज विकसहित ६ जनाको परिवारलाई सरकारले १० लाखका दरले राहत दिने तयारी गरेको छ।

त्यहाँका वडाध्यक्ष डम्बरबहादुर मल्लको योजनामा सोतीलगायत चार गाउँका मानिस मिलेर उनीहरूको हत्या गरी भेरी नदीमा फालिएको निष्कर्षमा पुगेको गृह मन्त्रालयले पीडित परिवारलाई उल्लिखित दरमा राहत रकम उपलब्ध गराउन माग गर्दै मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो।

याे पनि:  गृह मन्त्रालयको निष्कर्षः  रुकुम हत्याकाण्ड वडाध्यक्षको योजनामा (प्रेस विज्ञप्तिसहित)

यसका लागि बजेट व्यवस्था गरिदिन अर्थ मन्त्रालयमा पनि पत्र पठाइएको गृह मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्।

यस्तै आक्रमणमा परी घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने पनि प्रस्ताव गरिएको छ। आफूले पठाएको प्रस्ताव मन्त्रिपरिषद्‍बाट अनुमोदन भएपछि मृतकका परिवारलाई राहत उपलब्ध गराइने गृह मन्त्रालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .