ad ad

समाज


कोरोना लागेपछि सुरुमा बिरामी हुनेहरु संक्रामक हुन्छन्ः डब्लूएचओ

कोरोना लागेपछि सुरुमा बिरामी हुनेहरु संक्रामक हुन्छन्ः डब्लूएचओ

नेपालखबर
असार २, २०७७ मंगलबार ८:४३,

अनुसन्धानमा संक्रमणपछि सुरुमा बिरामी पर्नेहरुबाट धेरै व्यक्तिमा कोरोना सर्नसक्ने खतरा भएको डब्लूएचओले मंगलबार बताएको हो।

डब्लूएचओकी महामारीविज्ञ मारिया भान करकोभ भन्छिन्,‘संक्रमणपछि सुरुवातमै बिरामी पर्ने र कोरोनाको लक्षण देखिनेहरुले धेरै भाइरस बोकेका हुन्छन् जसले अन्यमा बढी कोरोना सार्ने सम्भावना हुन्छ।’

बिरामी पर्नेहरुबाट सर्ने कोरोना नियन्त्रण गर्न गह्रो हुने पनि डब्लूएचओले जनाएको छ।

यद्यपी मानिसहरुमा कोरोना परीक्षण गरिरहे र व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गरे कोरोना भाइरसबाट जोगिन सकिने जनाइएको छ।

साथै स्यानिटाइजर लगाउने, हात धुने र भीडमा नगएमा पनि कोरोनाबाट बच्न सकिने डब्लूएचओले जनाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .