ad ad

समाज


क्वारेन्टिनबाट घर फर्किएका २६ मा कोरोना कोरोना पुष्टि

क्वारेन्टिनबाट घर फर्किएका २६ मा कोरोना कोरोना पुष्टि

नेपालखबर
असार ३, २०७७ बुधबार १०:२६,

क्वारेन्टिनबाट आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ।

जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ का १५ र २ का ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुलाई गत जेठ २९ गते क्वारेन्टिनबाट घर पठाइएको थियो। जेठ ३१ गते स्वाब संकलन गरी नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्दा बुधबार संक्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष दीपा गौतमले जानकारी दिइन्।

स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएका सबै वडा नं २ स्थित अमरज्योति माध्यमिक विद्यालय सीतापुरको क्वारेन्टिनमा बसेका थिए।

उच्च सतर्कता
एकै दिन धेरै जनामा संक्रमण पुष्टि भएपछि बढैयाताल गाउँपालिकामा सतर्कता बढाइएको छ। संक्रमण थप फैलनबाट रोक्न उच्च निगरानी बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउ। वडा नं १ र २ मा अत्यावश्यकबाहेक अन्य काममा बाहिर हिँड्न निषेध गरिएको छ।

भेरी अस्पताल नेपालगञ्जमा आज भएको परीक्षणका क्रममा बर्दियाका ३१ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएकामध्ये २६ जना बढैयाताल गाउँपालिकाका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .