ad ad

समाज


नेकपाका कार्यकर्ताको अपहरणपछि हत्या

नेकपाका कार्यकर्ताको अपहरणपछि हत्या

शैलेन्द्र महतो
असार ७, २०७७ आइतबार ९:४९,

सर्लाहीमा नेकपाका एक कार्यकर्ताको अपहरणपछि हत्या भएको छ।

सर्लाहीको रामनगर गाउँपालिका ४ बौहर्वा टोलका अन्दाजी ६० वर्षीय रामजनम रायको अपहरणपछि हत्या भएको हो।

नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले राय आफ्नो पार्टीको कार्यकर्ता भएको बताए।

बौहर्वा प्रहरी चोकीको छेउमै घर भएका रायको गोली प्रहार गरी हत्या भएको अवस्थामा बाँसघारीमा शव फेला परेको रामनगर गाउँपालिका प्रमुख कृष्णप्रसाद बर्माले जानकारी दिए।

अध्यक्ष बर्माका अनुसार रायलाई मुख बाँधेर गोली प्रहार गरी हत्या गरिएको छ। घटनास्थल रायको घरभन्दा एक किलोमिटर पूर्व पर्छ।

घटनास्थल छिमेकी धनकौल गाउँपालिको सीमा क्षेत्र पनि हो। रायलाई शनिबार राति अज्ञात समूहले अपहरण गरी लगेर हत्या गरेको पारिवारिक स्रोतले जनाएको छ।

हत्या गर्नुको कारण र हत्याराको पहिचान खुलेको छैन। घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

‘तालिमप्राप्त कुकुरसहित घटनाको अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छौं,’ नेपालखबरसँग नकेपाका सचिव बुढाथोकीले भने।

यता स्थानीय नेकपाका कार्यकर्ता रामाशंकर यादवले रायको हत्यामा नेपाली काँग्रेसको कार्यकर्ताहरुकै हात भएको दावी गरेका छन्।

उनका अनुसार रायले नेकपाबाट वडा नं. ४ को वडाध्यक्षमा निर्वाचित रामनरेश महतोको गलत क्रियाकलाप र विकासमा भइरहेको अनियमितता विरुद्ध आबाज उठाउँदै आएका थिए।

‘बौहार्वा टोलको बाटो ढलानको विषयमा शनिबार मध्यराति स्थानीय वडाध्यक्षसहित नेपाली काँग्रेसको कार्यकर्ताहरुसंग विवाद भएको थियो। त्यही क्रममा उनीहरुले हत्या गरिदिन्छु भन्दै धाकधम्की दिए। पछि विवाद साम्य भएर सबैजना घर गए,’ यादवले भने ‘बिहान रामजनम घरमा नभेटिएपछि खोजतलास सुरुभयो।'

कुनै कामले बाहिर गएको जस्तो सबैलाई लागिरहेको थियो। तर १२ बजे लास भेटिएको खबरआएपछि जाँदा उनी नै रहेछन्। उनको मुख बाँधेर टाउकोमा गोली प्रहार गरी हत्या गरिएको छ।

वडाध्यक्ष महतोसँग बाटो ढलानको विषयमा विवाद हुँदा केहि महिना अघि रामजनमले अदालतमा रिट हालेका थिए।

पछि त्यहाँबाट बोटो तत्काल नबनाउने विषयमा अदालतबाट भएको निषेधाज्ञा पत्र लिएर उनी सो कामको अवरोध गरिरहेको यादवको भनाइ छ।

यता सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी मदन कुँवरले रामजनमको हातखुट्टा बाँधेर घरेलु हतियार प्रहार गरी हत्या गरिएको घटनास्थलको प्रकृतिबाट देखिएको बताए।

‘हातखुट्टा बाँधिएको टाउकोमा घरेलु हतियार प्रहार गरी हत्या गरेको देखिन्छ,’ डीएसपी कुँवरले भने ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .