ad ad

समाज


विषालु च्याउ खाँदा एकको मृत्यु, दुईको अवस्था गम्भीर

विषालु च्याउ खाँदा एकको मृत्यु, दुईको अवस्था गम्भीर

नेपालखबर
असार ३०, २०७६ सोमबार ३:४१,

अछाममा विषालु च्याउ र निहुरोको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर विरामी परेका छन्।

जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा छ वर्षीया बालिका मनिषा बोहराको मृत्यु भएको हो।

आइतबार बेलुका जङ्गली च्याउ र निहुरोको तरकारी पकाएर खाँदा मनिषाको मृत्यु भएको हो।

उनकी आमा नरपता बोहरा तथा नरपताका छोरा रवीन्द्र बोहराको अवस्था गम्भीर रहेको वडासदस्यसमेत रहेका उनका आफन्त शेरबहादुर बोहराले जानकारी दिए।

आमाछोराको बयलपाटा अस्पातालमा उपचार भइरहेको स्थानीय चन्द्र भण्डारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .