ad ad

समाज


मंगलबार भारतमा कोरोना संक्रमणबाट ४६४ को मृत्यु (विश्व अपडेटसहित)

मंगलबार भारतमा कोरोना संक्रमणबाट ४६४ को मृत्यु (विश्व अपडेटसहित)

नेपालखबर
असार १०, २०७७ बुधबार ०:३४,

भारतमा कोरोना संक्रमणबाट मंगलबार साढे चार सय भन्दा धेरैको मृत्यु भएको छ। कोरोनाको विश्वव्यापारी अपडेट गर्दै आएको वल्र्डओमिटरका अनुसार मंगलबार भारतमा कोरोना संक्रमणबाट चार सय ६४ जनाको मृत्यु भएको छ।

त्यहाँ हिजो एकै दिन १५ हजार ६ सय १२ जनामा संक्रमण देखिएको छ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ हजार चार सय ८३ पुगेको छ भने संक्रमितको संख्या चार लाख ५६ हजार ६२ पुगेको छ।

विश्वभर अहिलेसम्म कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या चार लाख ७८ हजार नौ सय १८ पुगेको वल्र्डओमिटरमा उल्लेख छ। यो बुधबार बिहान ६ बजेसम्मको तथ्यांक हो।

गएको २४ घण्टामा मात्रै विश्वभर संक्रमणबाट पाँच हजार चार सय ३४ जनाले ज्यान गुमाएका छन्।

विश्वभर अहिलेसम्म संक्रमितको संख्या ९३ लाख ४२ हजार चार सय ७१ पुगेको छ। गएको २४ घण्टामा विश्वभर एक लाख ५९ हजार आठ सय ९६ जनामा संक्रमण देखिएको छ।

गएको २४ घण्टामा संक्रमणको कारण सबैभन्दा धेरै ब्राजिलमा १३ सय ४६ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी अमेरिकामा आठ सय ७७ जना, मेक्सिकोमा सात सय ५९, बेलायतमा दुई सय ८०, रुसमा एक सय ५३, पेरुमा एक सय ८१, इरानामा एक सय २१, पाकिस्तानमा एक सय पाँच, दक्षिण अफ्रिकामा एक सय ११ जनाले ज्यान गुमाएका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .