ad ad

समाज


वालिङका १७ घरबेटीले दिए घरभाडा छुट

वालिङका १७ घरबेटीले दिए घरभाडा छुट

नेपालखबर
असार १२, २०७७ शुक्रबार ४:२८,

लकडाउनका समयमा घरभाडा छुट दिने स्याङ्जाका १७ जना घरबेटीलाई वालिङ उद्योग वाणिज्य संघले सम्मान गरेको छ।

विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा घरभाडा छुट दिएर मानवीय सहयोग गर्ने घरबेटीलाई सम्मान गरिएको संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए। भाडा छुट गर्ने घरबेटीलाई सम्मानपत्रसहित सम्मान गरिएको छ।

‘लकडाउनको समयमा दैनिक गुजारा गर्नै समस्या भएका अति विपन्न परिवार तथा घरभाडामा लिई पसल सञ्चालन गर्ने व्यवसायीको समस्यालाई मध्यनजर गरी घरभाडा छुट दिने अभियान सञ्चालन गर्नु जरुसी छ,’ अध्यक्ष पौडेलले भने, ‘आर्थिक सङ्कटका बाबजुत पनि व्यवसायी तथा अति विपन्न समुदायका परिवारलाई घर भाडा छुट दिएर सकारात्मक सन्देश दिनुभएकोमा आभार व्यक्त गर्दछौँ।’

लकडाउनका समयमा घरभाडा छुट दिने अन्य घरबेटीको पनि विवरण सङ्कलन भइरहकाले दोस्रो चरणमा पुनः सम्मान गर्ने तयारी रहेको सङ्घका कार्यकारी सचिव बाबुराम रेग्मीले बताए। यहाँका १७ जना घरबेटीले लकडाउनका समयमा एकदेखि तीन महीनासम्मको घरभाडामा छुट दिएका हुन्।

लकडाउनका समयमा व्यापार व्यवसाय तथा दैनिक कामकाज गरेर जीविकोपार्जन गर्ने समुदाय आर्थिक सङ्कटमा परेका बेला घरभाडा छुट दिएर आफूले सहयोग गरेको वालिङ रामबाच्छाका पदमराज गुरुङले बताए।

वालिङ नगरपालिकाभित्रका चुनमाया गुरुङ, नौबहादुर गुरुङ, सुमन गुरुङ, छलीमाय गुरुङ, दलबहादुर गुरुङ, क्याप्टेन रुकबहादुर गुरुङ, पदमराज गुरुङ, नमु मश्राङ्गी मगर, चौबहादुर गुरुङ, हेमप्रसाद गैह्रे, श्यामप्रसाद डुम्रे, खुमा अर्याल, पदमबहादुर खत्री, नीलकण्ठ भट्टराई, सेवाकुमारी गुरुङ, मञ्जु केसी, शम्भु अर्यालले घरभाडा छुट दिएका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .