ad ad

समाज


राति विप्लव समूह र स्थानीयबीच झडप भइरहेको खबरपछि जब प्रहरीका तीन टाेली काभ्रे पुगे...

राति विप्लव समूह र स्थानीयबीच झडप भइरहेको खबरपछि जब प्रहरीका तीन टाेली काभ्रे पुगे...

नेपालखबर
असार १२, २०७७ शुक्रबार ४:५९,

बिहीबार राति प्रहरीलाई सूचना आयो- विप्लव समूहले घोप्टे खोलामा बम राखेको छ। त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहित जाने तयारी थालियो। तर लगत्तै अर्काे सूचना आयो- काभ्रेको सिपाली भन्ने ठाउँमा झडप भइरहेको छ।

हतियारसहितको समूह पुुगेको र गोली चलाएको सूचना आएपछि मंगलटार इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरीका दुुई र सशस्त्रको समेत एक टोली घटनास्थलतर्फ गए। 

काभ्रे जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविकुमार पौडेलका अनुसार प्रहरी पुग्दा उनीहरू जंगलतर्फ भागे। विप्लव समूहले त्यहाँ स्थानीयले रोपेका बुद्धचित्तका बिरुवा नष्ट गरेको पाइएको उनले बताए।

बुुद्धचित्त रुँग्न बसेका स्थानीयलाई हप्काउँदै उनीहरूले बिरुवा नष्ट गरिदिएको प्रहरीले जनाएको छ। घटनामा विप्लव समूहका सिन्धुुली इन्चार्ज सागर मैनालीको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ। उनी सिपालीकै हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .