ad ad

खेल


लिभरपुललाई ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि

 लिभरपुललाई ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि

नेपालखबर
असार १२, २०७७ शुक्रबार ४:५८,

लिभरपुलले ३० वर्षपछि इङलिस प्रिमियर लिगको उपाधि आफ्नो पोल्टामा पारेको छ।

बिहिबार राति भएको खेलमा चेल्सीले म्यानेष्टर सिटीलाइ २-१ ले पराजित गरेसँगै लिभरपुलले लिगको उपाधि जितेको हो।

अंकतालिकाको शीर्षस्थानमा रहेको लिभरपुलले ३१ खेलमा ८६ अंक जोड्दै लिग उपाधि जितेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले ३१ खेलमा ६३ अंक जोडेको छ।

चेल्सीले भने ३१ खेलमा ५४ अंक जोड्दै तेस्रो स्थानको लेस्टरसँगको दुरी १ ले कम गरेको छ। चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा खेलको ३६ औं मिनेटमा क्रिस्टियन पुलिसिचको गोलमा अग्रता बनाएको थियो।

खेलको ५५ औं मिनेटमा सिटीका केभीन डे ब्रुएनले बराबरी गोल फर्काए। खेलको ७८ औं मिनेटमा चेल्सीका विलियनको पेनाल्टीमा गोल गर्दै पुनः अग्रता बनाएको थियो।

भीएआरबाट फर्नान्डीन्होले ह्यान्ड गरेको देखिएपछि रेफ्रीले उनलाई रातो कार्ड दिँदै चेल्सीलाई पेनाल्टी दिएका थिए।

गएराति नै भएको खेलमा आर्सनलले साउथहेमप्टनलाइ २-० ले तथा वर्नलीले वार्टफोर्डलाइ १–०ले पराजित गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .