ad ad

समाज


प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो, १४ सय निको भए

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो, १४ सय निको भए

नेपालखबर
असार १४, २०७७ आइतबार ३:५३,

प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या तीन हजार नाघेको छ। अहिलेसम्म एक हजार चार सय भन्दा धेरै उपचार पछि निको भएका छन्।

धनुषा, महोत्तरी तथा पर्सामा गरेर पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिइएको परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४ जना तथा पर्सामा दुई जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टिनमा १९, २२ र ३५ वर्षका पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। यसैगरी, महोत्तरीको सम्सी नगरपालिकामा १४ वर्ष देखि ३३ वर्षका चार जना पुरुष, औरही नगरपालिकाको क्वारेन्टिनमा एक वर्षकी एक बालिका र एकै वर्षका अर्का एक बालकसहित ३९ देखि ४५ वर्षका १० जना तथा लोहपट्टी नगरपालिकामा २० वर्षदेखि ३८ वर्षसम्मका १० जना पुरुषमा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यसैगरी, पर्साको कामु प्यालेस होटलमा ३२ वर्षका पुरुष तथा ३२ वर्षका महिलामा कोरोना पुष्टि भएको छ। पछिल्लो पटक सङ्क्रमण पुष्टि भएकासहित प्रदेश २ मा सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार १९ जना पुगेको छ। जसमा २०० महिला तथा तीन हजार ११९ जना पुरुष रहेका छन्।

पछिल्लो पटक सङ्क्रमितबाट घर परिवारमा पनि सरेकाले बालबालिकामा सङ्क्रमण बढ्दै गएको स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले जानकारी दिए। सङ्क्रमितहरु घर परिवारको सम्पर्कमा आउनु चिन्ताको विषय भएको उनले बताए।

यसैबीच प्रदेश २ का विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचारमा रहेका २४ जना सङ्क्रमण मुक्त भएका छन्। प्रदेशमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ४१५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .