ad ad

समाज


प्रधानमन्त्री ओली आफूले आफैंलाई हटाउन कस्सिएर लाग्नुभएको छ : लोहनी

प्रधानमन्त्री ओली आफूले आफैंलाई हटाउन कस्सिएर लाग्नुभएको छ : लोहनी

नेपालखबर
असार १५, २०७७ सोमबार ६:४६,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीले आफूबाहेक नेपालमा कोही देशभक्त छैनन् भनेर नेपाली जनताको अपमान गरेको बताएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारीको जनजयन्तिको अवसरमा आयोजित कार्यक्रममा आफूले देशभक्तको मुद्दा छाडे कसैले पनि नउठाउने बताएका थिए। प्रधानमन्त्रीको त्यही धारणामाथि प्रतिक्रिया व्यक्त गर्दै अध्यक्ष लोहनीले प्रधानमन्त्रीको घारणाले नेपाली जनताको अपमान गरेको बताए।

उनले प्रधानमन्त्रीले आफूबाहेक अरु सबैलाई विदेशीबाट संचालित छन् भन्ने दृष्टिकोण राखेको भन्दै उनले योे कमजोर र हतास मनस्थितिको परिचय भएको बताए।

उनले विदेशी र स्वदेशी मिलेर नभई प्रधानमन्त्री ओली आफैँले आफैलाई हटाउन कस्सिएर लागेको बताए।

 ‘विदेशी र स्वदेशी मिलेर नेपालको नयाँ नक्सा जारी गरेबापत तपाईंलाई हटाउन प्रयास हुँदैछ भन्ने तपाईंको आरोप पढियो’, लोहनीले ट्विटरमा लेखेका छन्, ‘तपाईंको विश्लेषण गलत छ, किनभने तपाईंलाई हटाउन तपाईं आफैँ कसिएर लाग्नु भएको छ। एकपटक शान्त भएर आफूले आफैँलाई हेर्नुहोस्, थाहा पाउनु हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .