ad ad

समाज


मोटरसाइकल चोरी गिरोहमा यातायातकै दुई कर्मचारी, १२ जना पक्राउ

मोटरसाइकल चोरी गिरोहमा यातायातकै दुई कर्मचारी,  १२ जना पक्राउ

गोकुल जोशी
असार १५, २०७७ सोमबार ८:२७,

मोटरसाइकल चोरीमा संलग्न यातायात कार्यालय धनगढीका दुई कर्मचारीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल र कञ्चनपुर प्रहरीको बिशेष अपरेसबाट मोटरसाइकल चोरीमा संलग्न गिरोह पक्राउ परेको हो।

कर्मचारीलाई कार्यालयबाटै र अरुलाई कैलाली–कञ्चनपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बताए।

मोटरसाइकलमा चोरीमा संलग्नलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। चोरीसँगै उनीहरु कागजात किर्तेमा पनि संग्लन रहेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाका अनुसार यातायात व्यवस्था कार्यालय धनगढी कार्यरत सहायक कम्प्युटर अपरेटर जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराईसहित १२ जना छन्। उनका अनुसार उनीहरुले मोटरसाइकल सवारी चोरी गर्ने र नक्कली कागजपत्र बनाएर बिक्री गर्दै आएको खुलेको छ।

यी हुन् मोटरसाइकल चोरीमा संलग्न अन्य १० जना
प्रहरीले सोमबार सार्वजनिक गरेका चोरी कार्यमा संलग्न रहनेहरुमा कञ्चनपुरको लालझाडी गाउँपालिका – ४ बस्ने ३५ वर्षीय बहादुर राना, बेदकोट नगरपालिका– ६ बस्ने ३५ वर्षीय राज कुमार राना, सोही ठाउँका २५ वर्षीय हरेन्द्र राना, ३० वर्षीय सुबेश राना, लालझाडी गाउँपालिका–१ बस्ने ४२ का रामनिवास राना, शुक्लाफाँटा नगरपालिका–१२ घर भई हाल जिल्ला कैलाली धनगढी उपमहानगरपालिका– ३ मिलन चोक बस्ने २७ वर्षीय श्याम राना रहेका छन्। त्यस्तै कञ्चनपुर बेदकोट नरपालिका–६ बस्ने २८ वर्षीय रामलाल राना, बेदकोट नगरपालिका– ५ का १८ वर्षीय प्रदीप राना, सोही ठाउँका २७ वर्षीय लक्ष्मी राना पनि चोरी कार्यमा संलग्न रहेको भन्र्दै प्रहरीले सार्वजनिक गरेको हो।

उनीहरुको साथबाट नक्कली सवारी दर्ता किताबसहित ८ वटा चोरीका मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

‘मोटरसाईकल चोरी गरी नक्कली कागजात समेत बनाई त्यस्ता मोटरसाइकल किनबेच तथा प्रयोग गर्दै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सयुक्त रुपमा विशेष अप्रेसन सञ्चालन गरिएको थियो,’ डीएसपी थापाले भने । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .