ad ad

कारोबार


कोरोनाले नेपाल आउने रेमिट्यान्समा असर नहुने देखियो : अर्थमन्त्री

कोरोनाले नेपाल आउने रेमिट्यान्समा असर नहुने देखियो : अर्थमन्त्री

नेपालखबर
असार १५, २०७७ सोमबार ८:२३,

अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व महामारी कोरोनाको असर नेपाल भित्रिने रेमिट्यान्समा नपर्ने बताएका छन्।

नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले उक्त कुरा बताएका हुन्।

‘कोरोना संक्रमण र त्यसपछि भएको विश्वव्यापी कारणले रेमिट्यान्समा जति असर पर्ने आँकलन थियो, त्यस्तो नहुने देखिएको छ’, उनले भने।

उनले अन्तर्राष्ट्रिय श्रम बजारमा रहेको नेपालीहरु ठूलो मात्रामा फर्किने आँकलन गरे पनि त्यो नहुने देखिएको बताए।

सामान्य अवस्थामा ७०÷७५ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स आउनेमा जेठमा १ खर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको जानकारी दिँदै उनले यो अत्यन्त सकारात्मक भएको बताए।

उनले विदेशमा कामहरु खुल्न थालिसकेको र नेपाली कामदारको माग समेत आइसकेकोले अब त्यसमा आत्तिनुपर्ने अवस्था नभएको बताए।

रेमिट्यान्स प्रभाव नहुँदा नेपाली बैंकहरुमा तरलता अभाव हुने आँकलन गरे पनि त्यो समस्या नहुने देखिएको उनको भनाइ छ।

उनले भने, ‘एउटा कुरा छिमेकी मुलकुमा रहेको ठूलो श्रम संख्या भने फर्किएको छ। जसकारण अहिले बेरोजगारीको समस्या रहेको छ। तर पनि अहिले भने त्यो आउने क्रम पनि रोकिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .