ad ad

समाज


पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

नेपालखबर
असार १५, २०७७ सोमबार ११:२८,

लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। गोकुलेश्वर–दार्चुला सडकखण्डको पनेबाँजमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको हो।

सडक माथिबाट पहिरो खस्दा करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै सडकको ग्याभिनवाल पनि भत्किएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए।

सडक भत्किएपछि सवारीसाधन आवतजावतमा समस्या भएको छ। पहिरो गएपछि सडक खुलाउन जेसीबीले सम्भव नभएपछि गोकुलेश्वरबाट स्काइभेटर मगाइएको छ। सडक खुलाउन केही समय लाग्ने भएकोले बेलुकासम्म खुल्न सक्ने प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा राजमार्ग सञ्चालन हुने सवारीसाधन बन्द रहेका छन् भने यात्रुहरु अलपत्र परेका छन्। पनेबाँजमा केही वर्षदेखि वर्षाको समयमा पहिरोले सडक अवरुद्ध हुँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .