ad ad

समाज


विश्व स्वास्थ्य संगठन भन्छः कोरोना महामारीको चरम रूप देखिन बाँकी नै छ

विश्व स्वास्थ्य संगठन भन्छः कोरोना महामारीको चरम रूप देखिन बाँकी नै छ

नेपालखबर
असार १६, २०७७ मंगलबार ०:४६,

विश्वमा कोरोना भाइरसबाट संक्रमित भएका मानिसको संख्या डेढ करोड पुग्न लागेकाे छ। जम्मा ६ महिनामा ५ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेकाे छ।

काेराेना महामारीकै कारण कति देशको स्वास्थ्य क्षेत्र तहसनहस भइसकेकाे छ भने विश्व अर्थतन्त्र अत्यन्त खराब अवस्थाबाट गुज्रिरहेको छ।

तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारीले अझै चरम रूप लिन बाँकी नै रहेकाे चेतावनी दिएको छ।

डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेहब्रेयससले विश्वभरका सरकारले सही नीति पालना गरेनन् भने कोरोना भाइरसले अझै धेरै मानिस संक्रमति हुने जोखिम रहेको बताएका छन् ।

सोमबार भर्चुअल ब्रिफिङमा उनले भने, ‘हामी चाहन्छौं यो सबै (संकट) चाँडै अन्त्य होस्। सामान्य जीवनमा फर्किन सकौं। तर कटु सत्यता के हो भने यो महामारी अन्त्यबाट हामी अझै टाढा छौं।’

यसबीच केही देशले कोरोना नियन्त्रणमा प्रगति त गरेका छन्, तर विश्वस्तरमा यो महामारी फैलावटको गति तीव्र बनिरहेको उनले बताए। डा. टेड्रोसले भने, ‘अझै हामी चेतेनौं र समस्या सुल्झाउन विश्व एकता र सहकार्य गरेनौं भने अझ खराब सयम आउन बाँकी नै छ।’

उनले महामारी नियन्त्रणका लागि जर्मनी, दक्षिण कोरिया तथा जापानको बाटो अवलम्बन गर्नुपर्ने सल्लाह दिएका छन्, जहाँ लगातार परीक्षण अनि परीक्षणको नीति अपनाइएका छन्।

नेपालकाे अवस्था यस्ताे छ: पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण, कुल संक्रमित १३ हजार २ सय ४८ पुगे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .