गण्डकी प्रदेशमा थप ५ जनामा संक्रमण देखिएको छ।
गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबार साँझ सार्वजनिक गरेको विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका २२ र ३१ वर्षीया २ महिला, लमजुङको राइनास नगरपालिकाका ४८ वर्षीय पुरुष, गोर्खाको गोरखा नगरपालिकाका ५३ वर्षीय पुरुष तथा बागलुङ ढोरपाटन नगरपालिकाका २६ वर्षीयमा संक्रमण पुष्टि भएको हो।
योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ९६ पुगेको छ।
प्रतिक्रिया