ad ad

समाज


नेपालमा भेन्टीलेटर बैंकको सेवा सुचारु

नेपालमा भेन्टीलेटर बैंकको सेवा सुचारु

नेपालखबर
असार २२, २०७७ सोमबार १४:३३,

कोरोना भाइरसको कहरबीच नेपालमा भेन्टीलेटर बैंकको सेवा सुरु भएको छ।

कोभिड–१९ प्रकोपले महामारीको रुप लिँदै गर्दा अति आवश्यक पर्ने भेन्टीलेटर लगायतका सघन उपचारका उपकरणहरु सहज र सुलभ माध्ययमबाट उपलब्ध गराउने उद्देश्यका साथ नेपाल भेन्टीलेटर सर्भिसको सुरुवात भएको हो।

परोपकारी संस्थाको रुपमा स्थापना गरिएको नेपाल भेन्टिलेटर सर्भिसको मुख्य उद्देश्य नेपालमा भेन्टिलेटर लगायतका सघन उपचारका उपकरणहरुको अभावमा कसैको ज्यान जोखिममा नपरोस् र दुरदराजका अस्पतालहरुसम्म यी उपकरणहरु सुलभ र सहज रुपमा उपलब्ध गराउन सकियोस् भन्ने रहेको संस्थाले जनाएको छ। सो संस्थाले नेपालका सरकारी, सामुदायिक र निजी अस्पतालहरुमा भेन्टिलेटर लगायतका उपकरणहरु सर्वसुलभ रुपमा उपलब्ध गराउने छ।

संस्थाका अनुसार कोभिड–१९ महामारीको अवस्थामा नेपाल सरकारसँगको सहकार्यमा आवश्यक परेका स्थानहरु तथा हस्पिटलहरुमा संस्थाका भेन्टिलेटरहरु परिचालन गर्न सकिने गरि संस्थाले समन्वय गर्नेछ।

नेपालका औद्योगिक तथा व्यवसायिक गृहहरु, बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न संघ संस्था लगायतका मनकारी हृदय भएका व्यक्तिहरुलाई संस्थाको उद्देश्य पुरा गर्न हातेमालो गर्न आग्रह गर्ने र एउटा कोष खडा गरि सो कोषमा जम्मा भएको रकमलाई भेन्टीलेटर खरिद गर्न, भेन्टीलेटरको मर्मत सम्भार गर्न खर्च गर्ने संस्थाले जनाएको छ।

हाल यस संस्थासँग कोभिड–१९को लागि अति आवश्यक पर्ने मेकानिकल भेन्टीलेटरहरु सहित, हाइफ्लो न्याजल क्यनुला, बाइप्याप, लगायतका ३० वटा उपकरणहरु जम्मा भैसकेका छन्।

संस्थाले हाल बाग्मती प्रदेशमा भेन्टीलेटरलाई केन्द्रिकृत गर्ने र पछि नेपालका सातैवटा प्रदेशमा यसको शाखा विस्तार गरि सो प्रदेशलाई आवश्यक भेन्टीलेटर सोही प्रदेशकै शाखाबाट उपलब्ध गराउने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .