गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ सय १३ पुगेको छ।
गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार साँझ सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका थप १७ जनामा संक्रमण पुष्टि भएको हो। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार लमजुङमा मात्रै ११ जना संक्रमित भेटिएका छन्।
लमजुङको बेसिसहर नगरपालिकाका २५,३५ र ३८ वर्षीय पुरुष, सुन्दरबजार नगरपालिकाका दुई जना २२ वर्षीय र एकजना २१ वर्षीय पुरुष, राइनासका ४७ वर्षीय पुरुष, क्लोंलासोथरका २४ र ४५ वर्षीय पुरुष, दोर्दी गाउँपालिकाका ३० वर्षीय पुरुष, मध्यनेपाल नगरपालिकाका ५४ वर्षीय पुरुष, पोखराकी ५१ वर्षीय महिला, बागलुङ ढोरपाटनकी २१ वर्षीय महिला, बडिगाडका ३४ र ४० वर्षीय पुरुष अनि काठेखोलाका २७ र ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।
प्रतिक्रिया