ad ad

समाज


बिहीबार रातिदेखि लगातार ठूलो वर्षा हुने भन्दै मौसम महाशाखाले जारी गर्‍याे विशेष बुलेटिन

बिहीबार रातिदेखि लगातार ठूलो वर्षा हुने भन्दै मौसम महाशाखाले जारी गर्‍याे विशेष बुलेटिन

नेपालखबर
असार २२, २०७७ सोमबार १४:५६,

असार २५ गते अर्थात् बिहीबार रातिबाट लगातार वर्षा हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेर सचेत गराएको छ।

सोमबार राति ८ बजे ‘विशेष मौसमी बुलेटिन’ जारी गर्दै महाशाखाले मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक रहेन भएकाले आउँदो बिहीबार रातिबाट मनसुन सक्रिय हुने जानकारी दिएको हो। जसका कारण नेपालका धेरैजसो ठाउँमा लगातार वर्षा हुने भएकाले बाढीपहिरो, डुबानजस्ता विपद् आइपर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

‘मनसुन न्यून चापीय रेखानेपालको तराइ भूभागनजिक रहने भएकाले आउँदो बिहीबार (असार २५) रातिबाट नेपालमा मनसुन सक्रिय हुने देखिएको छ, जसका कारण नेपालका धेरैजसो ठाँउमा लगातार वर्षाका साथै खासगरी तराईका केही र पहाडका थोरै स्थानमा भारी वर्षासमेत हुन सक्ने देखिन्छ,’ बुलेटिनमा भनिएको छ, ‘त्यसैले तराइका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएका आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

bishes 1आज रातिको सम्भावना के छ?

महाशाखाका अनुसार अहिले राति पनि देशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ/भइरहेकाे छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम  प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .