ad ad

समाज


घुस लिएको आरोपमा प्रहरी निरीक्षक विरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिएको आरोपमा प्रहरी निरीक्षक विरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असार २४, २०७७ बुधबार १०:१९,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरकाे ईलाका प्रहरी कार्यालय, भिमफेदीमा कार्यरत प्रहरी निरीक्षक राम बालक राय विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रहरी निरीक्षक रायले निर्माण सामग्री ढुवानी गर्न प्रयोग हुने सवारी साधनबाट १२ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।

निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको पुष्टि हुन आएको अख्तियारको ठहर छ।

उनी विरुद्ध बिगो रु १२ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन र घुस/रिसवत लिएको रकम जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .