ad ad

समाज


काठमाडौंमा १६ सहित उपत्यकामा आज थपिए २३ जना

काठमाडौंमा १६ सहित उपत्यकामा आज थपिए २३ जना

नेपालखबर
असार २४, २०७७ बुधबार १०:४१,

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार उपत्यकामा २३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन।

पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना, ललितपुरका ७ जनामा कोरोना संक्रमण भेटिएको हो। यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका ६ जनामा संक्रमण देखिएको छ।

यसअघि उपत्यकामा असार २० गतेसम्म जम्मा १ सय ५४ जना संक्रमित थिए। त्यो संख्या २३ गतेसम्ममा बढेर २ सय ६६ पुगेको छ। २१ गते ३० जना, २२ गते ५४ जना र २३ गते २८ जना नयाँ संक्रमित फेला परेका थिए।

नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार अहिले् देशभरका क्वारेन्टिमा २५ हजार ४० जना रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .