ad ad

समाज


वीरगन्जमा उपचारक्रममा युवतीको संवेदनशील अंग स्पर्श गरेको आरोपमा ३ स्वास्थ्यकर्मी पक्राउ

वीरगन्जमा उपचारक्रममा युवतीको संवेदनशील अंग स्पर्श गरेको आरोपमा ३ स्वास्थ्यकर्मी पक्राउ

नेपालखबर
असार २४, २०७७ बुधबार १४:५३,

पर्साको वीरगन्जस्थित एक अस्पतलामा उपचार गराइरहेकी युवतीलाई रातको समयमा यौन दुव्र्यवहार गरेको आरोपमा तीन स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मनोजित कुँवरका अनुसार वीरगन्जस्थित अली अर्थो एन्ड ट्रमा हस्पिटलका तीन स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिइएको हो।

‘अहिले नै नामचाहिँ नभनौं होला,’ डीएसपी कुँवरले बुधबार बेलुका नेपालखबरसँग भने, ‘ती तीन स्वास्थ्यकर्मीले ती १९ वर्षीया महिलालाई मंगलबार राति यौन दुव्र्यवहार गरेको भन्ने उजुरी आएपछि पक्राउ गरेका छौं।’

उनका अनुसार ती १९ वर्षीया युवती एक शिशुकी आमा हुन्। उनको घर वीरगन्ज महानगरपालिकाकै वडा नम्बर १९ हो। उनी पेटको समस्या भएपछि उक्त हस्पिटलमा भर्ना भएकी थिइन्। त्यस क्रममा मंगलबार राति ती स्वास्थ्यकर्मीले आफूलाई यौन दुव्र्यवहार गरेको भनेर महिलाले आफन्तलाई जानकारी गराएको र आफन्तले बुधबार बिहान प्रहरीलाई मौखिक उजुरी गरेपछि उनीहरूलाई पक्राउ गरिएको डीएसपी कुँवरले जानकारी दिए।

‘उहाँ गाइनो (स्त्रीरोग) को समस्या भएपछि अस्पताल जानुभएको रहेछ,’ उनले भने, ‘साथै उहाँलाई मिर्गी (छारे रोग) को समस्या पनि रहेछ, अहिले उहाँ बेहोसजस्तै अवस्थामा हुनुहुनछ, बोल्न सक्नुहुन्न, उहाँका आफन्तले गराएको जानकारी आधारमा ती तीन स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेका हौं, त्यही भएर अहिले मिडियामा नाम दिनु उपयुक्त नहोला।’

प्रहरीका अनुसार मंगलबार राति ती स्वास्थ्यकर्मीले ती महिलाको संवदेशील अंग स्पर्श गरेको आरोप लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .