ad ad

राजनीति


सहकारी क्षेत्रलाई सुशासनयुक्त बनाउन चुनौतीपूर्णः मन्त्री अर्याल

सहकारी क्षेत्रलाई सुशासनयुक्त बनाउन चुनौतीपूर्णः मन्त्री अर्याल

नेपालखबर
असार २४, २०७७ बुधबार १५:१,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रमा दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाउँदै गरेको बताएकी छन्।

राष्ट्रिय सहकारी विकास वोर्डले तयार गरेको सहकारी क्षेत्रको २५ वर्षे दीर्घकालीन रणनीतिक योजनाबारे वोर्डले आयोजना गरेको छलफलमा मन्त्री अर्यालले सहकारी क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा दीर्घकालीन रुपमा प्रभाव पार्ने दस्तावेज बनाउनेगरी तयारी गरिएको बताइन्।

‘सहकारी क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा दिर्घकालीन रुपमा प्रभाव पार्ने दस्तावेज बनाउनेगरी तयारी गरौं’, मन्त्री अर्यालले भनिन्।

सहकारी क्षेत्रलाई सुशासनयुक्त बनाउने ठूलो चुनौती रहेको भन्दै मन्त्री अर्यालले सरकार, सहकारी अभियन्ता, विज्ञ सबै मिलेर सचेत हुनुपर्ने बताइन्। वोर्डले तयार गरेको दीर्घकालीन रणनीतिमा छलफल गरेर सुझाव दिन समेत त्यस अवसरमा मन्त्री अर्यालले आग्रह गरिन्।

त्यस अवसरमा राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन गर्नका लागि तयार पारिएको मस्यौदाका विषयमा पनि छलफल गरिएको थियो। सहकारी नीतिको सम्बन्धमा मन्त्री अर्यालले सहकारी नीति छलफलका लागि ल्याइएको भन्दै त्यसलाई सबै मिलेर समग्र सहकारी क्षेत्रलाई कसरी राम्रो बनाउने भनेर छलफल मार्फत अगाडी बढाइने बताइन्।

सहकारी क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्री अर्यालले हिजो र आजको सहकारीमा धेरै अन्तर भएकाले आजको आवश्यकताअनुसार सहकारीलाई अगाडि बढाउनुपर्ने बताइन्।

सहकारीलाई व्यवसायिकतामा लैजानुपर्ने, उत्पादनसँग जोड्नुपर्ने र सुशासन कायम गर्दै प्रविधिमैत्री बनाउनु आवश्यक रहेको भन्दै मन्त्री अर्यालले सहकारी नीतिको मस्यौदामाथी धेरै छलफलरअध्ययन गरेर सुझाव दिन समेत आग्रह गरिन्।

त्यस अवसरमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर ले बचत तथा ऋण सहकारीलाई बढी नियमन गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .